बरामद २५ करोडबारे छानबिन समिति बनाउन माओवादीको माग « Khabarhub

बरामद २५ करोडबारे छानबिन समिति बनाउन माओवादीको माग


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही सोमबार राति काठमाडौंको झोरमा समातिएको २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राबारे संसद्‍मा छानबिन माग गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ​ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएकोबारे विशेष छानबिन समिति बनाउन माग गरेको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ४४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको