पूर्वराजालाई विमलेन्द्रको चेतावनी- सीमा पार गर्न खोजे हालत खराब होला « Khabarhub

पूर्वराजालाई विमलेन्द्रको चेतावनी- सीमा पार गर्न खोजे हालत खराब होला


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालमा अब कुनै हालतमा राजतन्त्र नफर्किने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद निधिले जनताले राजतन्त्र नचाहेको पनि बताए ।

नेता निधिले गणतन्त्रको रक्षाको लागि जे पनि गर्न दलहरू तयार रहेको कुरा हेक्का राख्न पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

‘देशी-विदेशी शक्तिले भनेर, साधु, सन्तले भनेर नेपालमा यो आउँछ, त्यो आउँछ भनेर कसैले सोच्छ भने त्यो नसोचे हुन्छ । याद गरौँ, स्मरण गरौँ, यही संविधान जारी गर्ने बेला तथाकथित नाकाबन्दी पनि भएको थियो’, उनले भने, ‘हामीलाई रोक्न खोजिएको थियो, तर हामीले आफैँले नेपाल फर्स्टलाई, नेपाली फर्स्टलाई रोजेका थियौँ । आफैँले पनि प्रयोगबाट प्रमाणित गरेका छौँ । राजा भन्ने कि पूर्वराजा भन्ने बहस पनि भएको छ । तर, राजा त रिजेक्टेड हुन् । एबोलिस्ट मोनार्की हो ।’

उनले राजतन्त्र अन्त्य हुँदा राजाहरूको हालत एकदमै खराब हुने इतिहास भए पनि नेपालमा जनताले धैर्यता देखाएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई धैर्यता र सीमा पार नगर्न चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ५८ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल