पूर्वराजालाई विमलेन्द्रको चेतावनी- सीमा पार गर्न खोजे हालत खराब होला « Khabarhub

पूर्वराजालाई विमलेन्द्रको चेतावनी- सीमा पार गर्न खोजे हालत खराब होला


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालमा अब कुनै हालतमा राजतन्त्र नफर्किने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद निधिले जनताले राजतन्त्र नचाहेको पनि बताए ।

नेता निधिले गणतन्त्रको रक्षाको लागि जे पनि गर्न दलहरू तयार रहेको कुरा हेक्का राख्न पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

‘देशी-विदेशी शक्तिले भनेर, साधु, सन्तले भनेर नेपालमा यो आउँछ, त्यो आउँछ भनेर कसैले सोच्छ भने त्यो नसोचे हुन्छ । याद गरौँ, स्मरण गरौँ, यही संविधान जारी गर्ने बेला तथाकथित नाकाबन्दी पनि भएको थियो’, उनले भने, ‘हामीलाई रोक्न खोजिएको थियो, तर हामीले आफैँले नेपाल फर्स्टलाई, नेपाली फर्स्टलाई रोजेका थियौँ । आफैँले पनि प्रयोगबाट प्रमाणित गरेका छौँ । राजा भन्ने कि पूर्वराजा भन्ने बहस पनि भएको छ । तर, राजा त रिजेक्टेड हुन् । एबोलिस्ट मोनार्की हो ।’

उनले राजतन्त्र अन्त्य हुँदा राजाहरूको हालत एकदमै खराब हुने इतिहास भए पनि नेपालमा जनताले धैर्यता देखाएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई धैर्यता र सीमा पार नगर्न चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ५८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा