परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता   « Khabarhub

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता  


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् । 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज बिहान सो भेटवार्ता भएको हो । ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरूमा कुराकानी भएको थियो ।

त्यस भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरिन् । 

साथै मन्त्री डा राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन् । 

साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरूको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको मन्त्री डा राणाले बताएकी थिइन् ।    

त्यसैगरी मन्त्री डा राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले  यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताएकी थिइन् । 

फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : २० बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र