सुनसरीबाट १३ हजार ६६३ विद्यार्थी एसईईमा सहभागि हुँदै  | Khabarhub Khabarhub

सुनसरीबाट १३ हजार ६६३ विद्यार्थी एसईईमा सहभागि हुँदै 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बिहीबार (भोलि) देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सुनसरीमा तयारी पुरा भएको छ । जिल्ला शिक्षा विकास समन्वय समितिकाअनुसार सुनसरीबाट यसपटक १३ हजार ६ सय ६३ जना एसईई परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा छात्रको सङ्ख्या ७ हजार १४ जना र छात्राको संख्या ६ हजार ४९ रहेको छ ।
 
चैत १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३ सय २१ विद्यालयका परीक्षार्थीहरू सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल १ सय १७ सामुदायिक विद्यालय छन् । संस्थागततर्फ कुल २ सय ४ विद्यालय रहेका छन् । धरानका १० वटा परीक्षा केन्द्रमा ३ हजार ६० जना एसईई परीक्षार्थीहरू रहेका छन् । 

जिल्ला शिक्षा विकास समन्वय समिति प्रमुख खगेन्द्र सुवेदीकाअनुसार एसईईमा साधारणतर्फ १३ हजार २ सय ३३ जना र प्राविधिक धारतर्फ ४ सय ३० जना परीक्षार्थीहरू सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ १२ हजार ९ सय ७५ जना, पुरानो ग्रेड वृद्धितर्फ १ सय १५ जना र नयाँ ग्रेड वृद्धि तर्फ ६ सय ८८ जना परीक्षार्थी रहेका छन् । 

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान राखिएपनि २०८० देखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ । 

सुनसरीका १२ वटा स्थानीय तहमा ५० परीक्षा केन्द्र तोकिएको छ । धरानमा १०, इटहरीमा ११, ईनरुवामा ६, कोशी गाउपालिकामा २, दुहवी नगरपालिकामा ३, देवानगन्ज गाउपाकिामा १, वराहक्षेत्र नगरपालिकामा ७, बर्जु गाउपालिकामा ३, भोक्राह नरसिंह गाउपालिकामा १, रामधुनी नगरपालिकामा ३ र हरिनगरा गाउपालिकामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा केन्द्रहरूमा जनशक्तिका रुपमा ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६ सय ८० निरीक्षक, १ सय ३५ परीक्षा सहायक, २ सय ७१ कार्यालय सहयोगी खटिने समितिले जनाएको छ । 

यस्तै १४ जिल्ला रहेको कोशी प्रदेशका ३ सय ७१ परीक्षा केन्द्रबाट ८१ हजार ३ सय ६० विद्यार्थीले एसईई परीक्षा दिने छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयकाअनुसार साधारणतर्फ ७७ हजार ९ सय ५७, प्राविधिकतर्फ २ हजार ९ सय ७७ र खुला परीक्षार्थीतर्फ ४ सय २६ जना परीक्षार्थी रहेका छन् । 

तीमध्ये नियमिततर्फ ७२ हजार ६ सय १३, ग्रेड वृद्धितर्फ ८ हजार ७ सय ४७ परीक्षार्थी रहेका छन् । प्रदेशमा सबैभन्दा धेरै मोरङ जिल्लाका ७० परीक्षा केन्द्रबाट १८ हजार २ सय २१ विद्यार्थी एसईई परीक्षा सहभागी हुँदैछन् । त्यसपछि झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १ सय ३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६ सय १३ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । 

पहाडी जिल्लाहरुमध्ये तेह्रथुममा कायम गरिएका १४ परीक्षा केन्द्रबाट १ हजार १ सय ९४ विद्यार्थी मात्र सहभागी हुँदैछन् । यो सङ्ख्या कोशी प्रदेशमा रहेका जिल्लाकै सबैभन्दा कम परीक्षार्थीको सङ्ख्या हो । 

सोलुखुम्बुका १४ परीक्षा केन्द्रबाट १ हजार ७ सय २ जना, ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २ सय ८३ जना, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २ सय ३१ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । 

एसईई परीक्षा सञ्चालन गर्न प्रदेशमा ३ सय ७१ परीक्षा केन्द्रमा ३ सय ७१ केन्द्राध्यक्ष, ५ सय ४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८ सय ९ परीक्षा सहायक, १ हजार ६ सय १६ सहयोगी गरी जम्मा ७ हजार ३ सय ८४ शिक्षक कर्मचारी खटिने छन् । परीक्षा केन्द्रहरुमा  ५ हजार ५ सय ६५ जना सुरक्षाकर्मी पनि परिचालन हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ०९ बजे

रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

रौतहट– मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।  मिटर

मुक्कुमलुङ पक्षधरले घेरे सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– ताप्लेजुङको पाथिभरामा केबलकार बन्न नदिने पक्षमा रहेका आदिवासी जनजातिहरूको

समावेशी र समानुपातिक व्यवस्थासहित अहिलेको संविधान राम्रो : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको

मन्त्रीको गोप्य सम्पत्ति र ‘ग्रे लिस्ट’को बहस

काठमाडौं– गत फागुन २८ गते प्रतिनिधिसभाको बैठकमा पेश भएको ‘सुशासन

युएसएड निलम्बन रोक्न मस्कलाई न्यायालयको आदेश

वासिङ्टन – एक सङ्घीय न्यायाधीशले एलोन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट