‘सक्किगोनि’ उत्पादन र प्रसारण रोकिने, यस्तो छ कारण « Khabarhub

‘सक्किगोनि’ उत्पादन र प्रसारण रोकिने, यस्तो छ कारण


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार कुमार कट्टेल ‘ज्रिगी’ र अर्जुन घिमिरे ‘पाँडे’को लेखन तथा निर्देशन रहेको टेलिसिरियल ‘सक्किगोनि’को उत्पादन र प्रशारण बन्द हुने भएको छ ।

यसका लेखकसमेत रहेका अर्जुनले .सामाजिक सञ्जालमार्फत् ९३ भागपछि उत्पादन प्रसारण बन्द हुने जानकारी दिएका हुन् । पाँच दिनअघि नै ९३ भाग प्रसारणमा आएको थियो ।

सिरियल नबन्नुलाई उनले तेस्रो सिजनपछिको विश्राम भनेका छन् । कार्यक्रमलाई थप परिष्कृत बनाउन विश्राम लिनु परेको उनको भनाइ छ ।

यो विश्राम केही समयका लागि मात्रै रहेको र चाँडै नै नयाँ सिजन प्रसारणमा ल्याउने उनले बताएका छन् ।

अजुर्नले चौथो सिजन उत्पादनका लागि सुझाव समेत मागेका छन् । उनले सोधेका छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ ? ’

यो सिरियलको टिमले फिल्म ‘लाज शरणम्’ पनि बनाएको थियो । जुनले अपेक्षित रुपमा व्यापार गर्न सकेन । यही फिल्मका कारण सबै कलाकारले सिरियललाई समय दिनसेमत भ्याएका थिएनन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी