चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय « Khabarhub

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णय


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता गुरुङका अनुसार विश्व बैंकमार्फत् विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

त्यसैगरी ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णयसमेत भएकाे छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।

अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ३८ बजे

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता