नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न « Khabarhub

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

ठाकुरबाबा– राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो । 

विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको आयोजना कार्यालयका इञ्जिनियर युवराज तिमिल्सिनाले बताए। हाल करिब आठ मिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै उनले पहिलो (सिङ्गल) कालोपत्रको काम दुई दिनभित्र सम्पन्न हुने जानकारी दिए ।

इञ्जिनियर तिमिल्सिनाका अनुसार यही चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले दुई अर्ब ७८ करोड २९ लाखमा ठेक्का लिएको थियो । 

आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न हुने सम्भावना देखिएको बताए। 

नेपालगञ्ज–गुलरिया हुलाकी सडकको कूल लम्बाइ २७ दशमलव छ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव छ किमी चार लेनमा निर्माण गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब तीन किमी डबल कालोपत्र गर्न बाँकी छ ।

निर्माण कम्पनीले तीव्र गतिमा कार्य गरिरहेकाले सम्झौताअनुसार तोकिएको समयभन्दा अघि पूर्ण रूपमा कालोपत्र हुने उनले विश्वास व्यक्त गरे । सडक सम्पन्न भएसँगै नेपालगञ्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उनको भनाइ छ ।
 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ४१ बजे

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा