अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू « Khabarhub

अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा सुन र अवैध मुद्रा तस्करी प्रकरणमा भरियामात्रै समातिने गरेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तस्करीको सामानका मालिक कहिल्यै नसमातिने विडम्बना भएको पनि बताएका छन्।

‘२५ करोड बराबरको विदेशी मुद्रासहित व्यक्ति समातिएको विषयमा यहाँ धेरै माननीयज्यूले कुरा उठाउनुभयो । माननीय गृहमन्त्रीज्यूपनि यहीँ हुनुहुन्छ, नेपालमा जहिल्यै भरिया मात्रै समातिन्छन् । मालिक किन समातिँदैनन् ?’, उनले सोधे, ‘मेरो आग्रह छ, मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको पैसा होइन । हिजो सार्वजनिक लेखा समितिको बैठक बसिरहेको थियो, मैले यो पैसा सुन तस्करको हो भनेको थिएँ ।’

पालमा यसअघिका विभिन्न सुन तस्करी काण्डका प्रतिवेदन सदनमा टेबुल गर्न पनि माग गरेका छन् । सरकारले विभिन्न प्रकारका काण्डमा रिपोर्ट बनाएर बाहिर ल्याउन नसकेको उनले गुनासो गरे।

गृहमन्त्री रमेश लेखकलाई मुलुकको पछिल्लो अवस्थाबारे पार्टीको बैठकमा भन्दा पनि सदनमा ब्रिफिङ गर्न पनि उनले सुझाएका छन् ।

पछिल्लो समय काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा जुलुस निस्किएको बताउँदै उता धनुषास्थित यादव चोकको नाममा गोली नै चलेको उल्लेख गरे ।

‘के देशमा अशान्ति भएको हो ?’, उनले सरकारलाई सोधे, ‘देशको राष्ट्रिय राजनीति र अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा जवाफ दिनुपर्छ । आजको दिनमा नेपालको सुरक्षा खतरामा रहेको देखियो । वैदेशिक सम्बन्ध पनि सबैसँग खराब रहेको छ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ४९ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण