अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू « Khabarhub

अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा सुन र अवैध मुद्रा तस्करी प्रकरणमा भरियामात्रै समातिने गरेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तस्करीको सामानका मालिक कहिल्यै नसमातिने विडम्बना भएको पनि बताएका छन्।

‘२५ करोड बराबरको विदेशी मुद्रासहित व्यक्ति समातिएको विषयमा यहाँ धेरै माननीयज्यूले कुरा उठाउनुभयो । माननीय गृहमन्त्रीज्यूपनि यहीँ हुनुहुन्छ, नेपालमा जहिल्यै भरिया मात्रै समातिन्छन् । मालिक किन समातिँदैनन् ?’, उनले सोधे, ‘मेरो आग्रह छ, मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको पैसा होइन । हिजो सार्वजनिक लेखा समितिको बैठक बसिरहेको थियो, मैले यो पैसा सुन तस्करको हो भनेको थिएँ ।’

पालमा यसअघिका विभिन्न सुन तस्करी काण्डका प्रतिवेदन सदनमा टेबुल गर्न पनि माग गरेका छन् । सरकारले विभिन्न प्रकारका काण्डमा रिपोर्ट बनाएर बाहिर ल्याउन नसकेको उनले गुनासो गरे।

गृहमन्त्री रमेश लेखकलाई मुलुकको पछिल्लो अवस्थाबारे पार्टीको बैठकमा भन्दा पनि सदनमा ब्रिफिङ गर्न पनि उनले सुझाएका छन् ।

पछिल्लो समय काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा जुलुस निस्किएको बताउँदै उता धनुषास्थित यादव चोकको नाममा गोली नै चलेको उल्लेख गरे ।

‘के देशमा अशान्ति भएको हो ?’, उनले सरकारलाई सोधे, ‘देशको राष्ट्रिय राजनीति र अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा जवाफ दिनुपर्छ । आजको दिनमा नेपालको सुरक्षा खतरामा रहेको देखियो । वैदेशिक सम्बन्ध पनि सबैसँग खराब रहेको छ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ४९ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो