जनार्दन शर्मा भन्छन्- वंशनाशले सकिएको राजसंस्था फर्किँदैन, नेताहरूले बोकेको राजतन्त्र चाहिँ अन्त्य गरौँ « Khabarhub

जनार्दन शर्मा भन्छन्- वंशनाशले सकिएको राजसंस्था फर्किँदैन, नेताहरूले बोकेको राजतन्त्र चाहिँ अन्त्य गरौँ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले २०५८ जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।

बुधबार दिउँसो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने पनि जिकिर गरेका छन् ।

उपमहासचिव शर्माले बरू नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारलाई अन्त्य गर्नुपर्ने पनि बताएका छन् । उनले यस कामलाई सबै दलले कार्यान्वयन गर्नु आवश्यक रहेको जिकिर गरे ।

‘वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन । सार्वभौम भएका जनताले राजतन्त्र ल्याउने मुर्खता पनि गर्दैनन् भन्ने कुरा स्पष्ट गर्न चहान्छु’, उनले भने, ‘बरू समाजमा बाँकी रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारलाई अन्त्य गर्नैपर्छ । हामी आफैँभित्रको राजतन्त्रलाई अन्त्य गर्नु लाग्नुपर्छ । आजको मुख्य काम यही हो ।’

आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको बताउँदै तर नेता र नेतृत्व सुध्रिनुपर्ने उल्लेख गरे । ‘मलाई राजतन्त्र आउँछ भन्ने डर छैन । अब केवल नेता र नेतृत्वहरूले आ-आफ्ना कमजोरी स्वीकार गरेर सँच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर छ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ०० बजे

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स र पोखरा

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

टक्सार– यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते