दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने « Khabarhub

दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कन्सर्ट नगर्ने घोषणा गरेका छन् । कन्सर्टमा सहभागी हुँदा एसईई परीक्षा दिने दर्शकको ध्यान भंग हुने दुर्गेशको बुझाइ छ ।

दुर्गेशले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु ।… यदि म कार्यक्रम गर्दै हिँडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ ।’

एसईई परीक्षा भोलि बिहीबारबाट सुरु हुँदैछ । अर्को साताभरीसम्म परीक्षा चल्नेछ । यो अवधिभर आफूलाई कार्यक्रमको लागि प्रस्ताव नगर्न उनले आयोजकहरुलाई आग्रह गरेका छन् । यसबाट पर्ने असुविधा प्रति उनले आयोजक समक्ष माफिसमेत मागेका छन् ।

पल शाह र समीक्षा अधिकारीको केसमा मुछिएपछि दुर्गेश लामो समय मेला महोत्सव र कन्सर्टबाट टाढा भए । पछिल्लो समय गीत ‘दुश्मन हेरेको हेर्‍यै’ सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

अहिले उनी कन्सर्टमा निकै व्यस्त छन् । उनको व्यवसायिक करिअर पुन: लयमा फर्किएको छ ।

विज्ञिप्तमा दुर्गेशले आफ्नो ‘कम ब्याक’ भएको उल्लेख गरेका छन् । कम ब्याक गराउने दर्शकको महत्त्वपूर्ण सयममा जिम्मेवार भएर साथ दिन कन्सर्टबाट विश्राम लिएको उनको तर्क छ ।

एसईई परीक्षा दर्शकको महत्त्पूर्ण समय भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’

दुर्गेशको विज्ञप्ति :

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : २० बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध