यस्तो देखियो सुरुङमार्गसँग जोडिने बलम्बुको फ्लाइओभर (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो सुरुङमार्गसँग जोडिने बलम्बुको फ्लाइओभर (तस्बिरहरू)


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरूका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्गले सहज हुने भएको छ । अहिले बलम्बुमा सुरूङमार्गसँग जोडिने फ्लाई ओभरले अन्तिम रुप पाउँदैछ

नागढुङ्गा–थानकोट सडकखण्डमा घण्टौँसम्म जाममा पर्ने समस्या समाधानका लागि सुरुङ मार्गको निर्माण गरिएको हो । 

यो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसके पनि हाल त्यस क्षेत्रका स्थानीयहरूले विभिन्न माग राख्दै निर्माण सम्पन्न गर्न नदिन अवरोध गरिरहेका छन् ।
   
यो आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।

यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा-आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीय अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ५४ बजे

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात

भन्न सहज, गर्न कठिन कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसले सार्वजनिक गरेको १५ औँ महाधिवेशनको तालिका पहिलो नजरमा

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला