यो वर्ष नआउने भयो राजेश हमालको ब्याक फिल्म ‘नरसिंहा : अभतार’ « Khabarhub

यो वर्ष नआउने भयो राजेश हमालको ब्याक फिल्म ‘नरसिंहा : अभतार’


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश हमालको कम ब्याक फिल्म ‘नरसिंहा : अभतार’ पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने भएको हो । यो फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको थियो ।

दिवाकार भट्टराई निर्देशित यस फिल्म नायक राजेश हमालकै कारण पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नहुने भएको हो ।

‘कर्मा’ र ‘पीताम्बर’को प्रदर्शन मिति चैत २९ लाई तोकिएको छ । यी दुवै फिल्म उक्त मितिमा प्रदर्शनमा आउने निश्चित छ ।

‘नरसिंहा : अभतार’ टीमले ‘कर्मा’ र ‘पीताम्बर’पछि प्रदर्शन मिति तय गरेको हो । कर्मा टीमले मंसिर र ‘पिताम्बर’ टीमले पुस ५ गते प्रदर्शन मिति तोकेका थिए ।

‘नरसिंहा : अभतार’ टीमले भने पुस ११ गते प्रदर्शन मिति घोषणा गरेको थियो । पीताम्बरमा अहिलेका चल्तीका स्टार नायक प्रदीप र कर्मामा नायक विपीन कार्की केन्द्रीय भूमिकामा छन् ।

जुनियर नायकहरूको फिल्मसँग हलमा प्रतिस्पर्धाबाट गलत सन्देश जाने भन्दै राजेशले उक्त मितिमा ‘नरसिंहा : अभतार’ प्रदर्शन नगर्न निर्माण पक्षलाई दबाब दिएको बुझिएको छ ।

स्रोत भन्छ, ‘राजेश दाइले हामीले नै ढिला प्रदर्शन मिति तोकेको हो । हामी नै हट्दा उचित हुन्छ भनेर निर्माण टीमलाई भन्नुभएको छ ।’

यसका साथै राजेशले एकल प्रदर्शनका लागि उपयुक्त मिति खोज्न समेत निर्माण पक्षलाई सल्लाह दिएको बुझिएको छ ।

राजेशको भनाइलाई निर्माण टीमले आपत्तिको रुपमा नलिएको बुझिएको छ । ‘नरसिंहा : अभतार’ टीम फिल्मको प्रदर्शन मिति आगामी जेठ ९ तोक्ने तयारीमा रहेको छ ।अर्थात् यो वर्ष फिल्म प्रदर्शनमा नआउने निश्चित भएको छ ।

यस फिल्ममा राजेशसहित नायिका नीति शाह र नायक सरोज खनाल मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ३ : ०२ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम