प्राथमिकताका आधारमा योजनाहरू छनौट गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्राथमिकताका आधारमा योजनाहरू छनौट गरौँ : उपप्रधानमन्त्री सिंह


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उनले नेपालको अर्थतन्त्रको अवस्थाको कारण प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जुनसुकै योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्ने र त्यसमा आवश्यक बजेट छुट्टाउन सके समयमा नै काम सम्पन्न हुनसक्ने धारणा राखे । सिंहले बागमती लगायतका उपत्यकाका नदीहरू सफाइका लागि नयाँ रणनीति बनाइरहेको जानकारी दिए ।

उपत्यकाका नदीहरूलाई सुधार्न गर्नुपर्ने धेरै कामहरू रहेको र डिजाइनमा देखिएको समस्याले देखिएका कठिनाइ सुधार गर्ने उनले बताए । 

बैठकमा शहरी विकास मन्त्रालयबाट भइरहेका कामकारबाहीका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ५२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी