हुनेखानेले मात्रै स्वास्थ्य बीमा सेवा पाउँदा लोकतन्त्र कमजोर बन्छ : सांसद सिंह  « Khabarhub

हुनेखानेले मात्रै स्वास्थ्य बीमा सेवा पाउँदा लोकतन्त्र कमजोर बन्छ : सांसद सिंह 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद डा. अमरेश कुमार सिंहले स्वास्थ्य बीमा सेवा हुनेखानेले मात्रै पाउँदा लोकतन्त्र नै कमजोर हुने स्थिति आउन सक्ने बताएका छन् । 

स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोषलगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल कुमार शर्माले दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमा समर्थन गर्दै सांसद सांसद डा. सिंहले यस्तो बताएका हुन् ।

विभिन्न आन्दोलनले नेतालाई स्थापित गरेको तर जनतालाई विस्थापित प्रसङ्ग स्मरण गर्दै मधेसका पिछडिएका मुसहर र चमार समुदायलाई स्वास्थ्य बिमा कुन चराको नाम हो भन्नेसमेत थाहा नभएको उनले बताए ।

‘संविधानमा स्वास्थ्य सेवाको ग्यारेन्टी भनिएपनि सरकारले संविधानलाई मानेको छैन्, कमिसनका कारण स्वास्थ्य सचिव नियुक्ति हुन्छ, ‘कुन मन्त्रालयको कुन पदमा कसलाई नियुक्ति दिने भन्नेमा विचौलिया कै हात हुन्छ, जसमा मन्त्री समेत निरीह हुनुपरेको छ’ उनले भने । 

३ अर्ब स्वास्थ्य बिमा बापतको रकम हुँदा पुरानै भुक्तानी १७ अर्ब बराबरको बाँकी भएको अवस्थामा स्वास्थ्य बिमा कसरी चल्छ, सांसद डा. सिंहले प्रश्न गरे । यस्तो अवस्थामा अर्थतन्त्र धान्न  नसकिने तथा स्वास्थ्य बिमा बापतको पैसा बुझाउँदा पनि बिमा सुविधा जनताले नपाउने अवस्था स्थिति रहेको उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ४९ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी