देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

उदयपुरको ताप्ली गाउँपालिका-२ चिसापानी बस्ने ४८ वर्षीय गणेश बहादुर श्रेष्ठको कुखुरा फर्ममा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका-५ सरसिउला बस्ने कोपिला सिवाको घरमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङको बबई गाउँपालिका-४ हस्तानापुरस्थित सडकमा टाइगर चोकबाट हापुरेतर्फ कपास लोड गरी आउँदै लु.१ च ५५०३ नम्बरको ट्रकमा बुधबार दिउँसो आगलागी हुँदा करिब ३ कुईन्टल कपास जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ५८ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६