देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति « Khabarhub

देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

उदयपुरको ताप्ली गाउँपालिका-२ चिसापानी बस्ने ४८ वर्षीय गणेश बहादुर श्रेष्ठको कुखुरा फर्ममा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका-५ सरसिउला बस्ने कोपिला सिवाको घरमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङको बबई गाउँपालिका-४ हस्तानापुरस्थित सडकमा टाइगर चोकबाट हापुरेतर्फ कपास लोड गरी आउँदै लु.१ च ५५०३ नम्बरको ट्रकमा बुधबार दिउँसो आगलागी हुँदा करिब ३ कुईन्टल कपास जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ५८ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं