आगलागीबाट ७७ लाख बढीको क्षति « Khabarhub

आगलागीबाट ७७ लाख बढीको क्षति


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट रु ७७ लाख बढीको क्षति भएको छ ।

यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरु भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

आगलागीबाट अदम राईको दुई वटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीन वटा बाख्रा जलेर नष्ट भएको थियो । राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको रु सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । नगेन्द्र राईको रु १२ लाख, पविन्द्रकुमार राईको रु नौ लाख, हिराधन राईको रु नौ लाख, कृष्णबहादुर राईको रु सात लाख, चयनकुमार राईको रु सात लाख बराबरको क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

डिकुवाको विभिन्न गाउँमा फैलिएको डढेलोले स्थानीय टङ्कबहादुर राईको फुसको छाना भएको घर जल्दा रु पाँच लाख तथा स्थानीय रनबहादुर राईको घरमा आंशिक क्षति हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । स्थानीय छोटा राईको चरनका लागि जङ्गलमा छाडिएको छ वटा बाख्रा र चार वटा खसी जलेर मर्दा रु एक लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीमा स्थानीय नाईखोला मुहान भएको बाल्चुङ–बाघखोर खानेपानी आयोजनाको ३२ मिलिलिटरको एक हजार २०० र २५ मिलिलिटरको ९०० मिटर पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको जनाइएको छ ।

बाल्चुङ, बाघखोर र च्यानटारका ३२ घरधुरी उपभोक्ताले उपभोग गर्दै आएको खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएपछि खानेपानी अभाव भएको छ ।सोही ठाउँको मैतञ्जु–थुम्की खानेपानी आयोजनाको ३२ मिलिलिटरको दुई हजार १०० मिटर लामो पोलेथिन पाइप जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।

आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र रेडक्रसले राहत सामग्री उपलब्ध गराएका छन् । आगलागीका घटनाबाट बिचल्लीमा परेका डिकुवावासीका लागि तत्काल राहत तथा पुनःस्थापनामा ध्यान दिन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले आज संसद्मा विशेष समय लिएर सरकारको ध्यानाकार्षणसमेत गराउनुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : ५२ बजे

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका