पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता | Khabarhub Khabarhub

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्याण्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा मन्त्री पाण्डे नेतृत्वको टोलीले सम्बन्धित मुलुकका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी पर्यटन प्रवद्र्धन, सांस्कृति आदानप्रदान, हवाई सेवा विस्तार जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित गन्थ्र फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माण लगायतका विषयमा छलफल गरेका थिए ।

उनलाई बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा)ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एण्ड एभिएसन समिटर्– हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको थियो ।

भ्रमणका क्रममा उनले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न साझेदारहरुसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका हुन् ।

फ्रान्स र जर्मनीमा लगानीका लागि आग्रह
मन्त्री पाण्डेले जर्मनी र फ्रान्समा पर्यटन व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायसँग भेटघाट गरी नेपालमा पर्यटन पूर्वाधार तथा लगानीका सम्भावनाबारे जानकारी गराएका थिए ।

त्यस्तै, थाइल्याण्ड र कम्बोडियामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका विषयमा छलफल गर्दै यी मुलुकहरूसँग आपसी सहकार्य विस्तार गर्न पहल गरेका थिए ।

उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान
आईटीबी बर्लिन–२०२५ मा सहभागी हुन जर्मनी पुगेका मन्त्री पाण्डेलाई पर्वतीय मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम मिनिस्टर अफ दी एयर) सम्मान प्रदान गरिएको थियो ।

बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा)ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो ।

मन्त्री पाण्डेले जर्मनी भ्रमणका क्रममा हाइडेलबर्गस्थित सेन्टर फर एशिया एण्ड टान्स कल्चर स्टडिजद्वारा आयोजित कार्यक्रममा नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको जानकारी गराएका थिए ।

प्राचीनगन्थ्र फिर्ता ल्याउन प्रयास
उनले जर्मनीमा सुरक्षित रूपमा राखिएका नेपालका प्राचीन ग्रन्थ तथा लिखित सम्पदाको संरक्षणप्रति खुशी व्यक्त गर्दै तिनलाई नेपाल फर्काउने प्रक्रियामा सहकार्यका लागि आह्वान गरेका थिए।

मन्त्री पाण्डेले जर्मनीका विद्वान प्रोफेसर माइकल्स र उहाँको टोलीद्वारा गरिएको सम्पदा संरक्षणको योगदानको प्रशंसा गर्दै नेपाल–जर्मनीबीच लामो समयदेखि सञ्चालनमा रहेको पाण्डुलिपि संरक्षण परियोजनाको महत्व उल्लेख गरेका हुन् ।

नेपालका लिखित तथा विविध सम्पदाको संरक्षणका लागि जर्मनीका विश्वविद्यालयहरूसँग नेपाल सरकारको सहकार्य रहेको र आगामी दिनमा पनि साझेदारी विस्तार गरिने मन्त्री पाण्डेले बताए ।

जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीले जर्मनीमा रहेका महत्वपूर्ण पाण्डुलिपिहरू तथा अन्य सम्पदा नेपाल फर्काउने प्रक्रियामा सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाल भ्रमण गर्न आग्रह
फ्रान्समा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गरेका हुन् ।

मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरेका थिए ।

धार्मिक पर्यटकीय सञ्जाल निर्माणको प्रयास
मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग भएको भेटका क्रममा नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका थिए ।

नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरबाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ९ : ४१ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका