भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ « Khabarhub

भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ भएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले अघिल्लो वर्षको तुलनामा भारतमा एप्पलको उत्पादन ६० प्रतिशत वृद्धि गरेको छ ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार हाल एप्पलले विश्वको कुल उत्पादनमध्ये २० प्रतिशत आइफोन भारतमा उत्पादन गर्दै आएको छ । एप्पलले चीनबाट आइफोनको उत्पादन भारतमा स्थानान्तरण गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गरी भन्सार शुल्क वृद्धि गरेपछि भारतबाट अमेरिकातर्फ आइफोनको निर्यात पनि बढेको जनाइएको छ । हाल एप्पलले प्रायः सबै रेन्जका आइफोन भारतमै एसेम्बल गर्छ ।

भारतमा एप्पलले कुल स्मार्टफोन बजारको ८ प्रतिशत ओगटेको छ । आर्थिक वर्ष सन् २०२४ मा भारतमा एप्पलले ८ अर्ब डलर बराबरको आइफोन बिक्री गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : १६ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।