भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ « Khabarhub

भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ भएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले अघिल्लो वर्षको तुलनामा भारतमा एप्पलको उत्पादन ६० प्रतिशत वृद्धि गरेको छ ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार हाल एप्पलले विश्वको कुल उत्पादनमध्ये २० प्रतिशत आइफोन भारतमा उत्पादन गर्दै आएको छ । एप्पलले चीनबाट आइफोनको उत्पादन भारतमा स्थानान्तरण गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गरी भन्सार शुल्क वृद्धि गरेपछि भारतबाट अमेरिकातर्फ आइफोनको निर्यात पनि बढेको जनाइएको छ । हाल एप्पलले प्रायः सबै रेन्जका आइफोन भारतमै एसेम्बल गर्छ ।

भारतमा एप्पलले कुल स्मार्टफोन बजारको ८ प्रतिशत ओगटेको छ । आर्थिक वर्ष सन् २०२४ मा भारतमा एप्पलले ८ अर्ब डलर बराबरको आइफोन बिक्री गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : १६ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट