उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट | Khabarhub Khabarhub

उब्रेको दालबाट बनाउनुहोस् परौठा; खाजालाई उत्कृष्ट, मुखलाई स्वादिष्ट


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाना खाइसकेपछि धेरै उब्रिने खानेकुरा हो दाल । दाल हरेक दिन बनाइन्छ र सबैले खाना खाइसकेका बेला प्रायः उब्रिरहेको पनि हुन्छ ।

रातिको खाना खाइसकेपछि बचेको त्यही दालको उपयोग गरेर भोलिपल्ट बिहानको नास्ता बनाउन सकिन्छ ।

आज हामी दाल परौठाको कुरा गर्दैछौं । यी परौठा स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि हितकर हुन्छन् । अर्को कुरा, दाल परौठा बनाउन निकै छरितो र सजिलो छ ।

राति उब्रेको मास, चना वा मुँगको दाल फाल्नुको सट्टा सही रूपमा प्रयोग गरियो भने बिहानको नास्ता वा दिउँसोको खाजा तयार पार्न सकिन्छ ।

दाल परौठा बनाउन केके चाहिन्छ ?

बाँकी दाल– १ कप
गहुँको पीठो– १.५ कप (दालको मात्रा अनुसार निर्णय गर्नुहोस्)
प्याज– आधा
हरियो खुर्सानी– १ वा २ वटा
धनिया पात– थोरै मसिनो गरि काटिएको
नुन– स्वाद अनुसार (दालमा पहिले नै नुन हालेको हुनाले विशेष ध्यान दिनुपर्छ)
ज्वानो– आधा चम्चा
बेसार र रातो खुर्सानी– स्वाद र आवश्यकता अनुसार
घिउ वा तेलः आवश्यकता अनुसार

कसरी बनाउने ?

– सबैभन्दा पहिले गहुँको पीठो ठूलो थाल वा भाँडोमा लिनुहोस् । यसमा दाल हाल्नुहोस् । अब मसिनो गरी काटेको प्याज, हरियो खुर्सानी, धनियाँ, ज्वानो र आवश्यकता अनुसार नुन र मसला हाल्नुहोस् ।
– यी सबै चीजहरू राम्रोसँग मिलाउनुहोस् र नरम आटा मुछ्नुहोस् । यदि दाल धेरै पातलो छ भने पीठोको मात्रा थोरै बढाउनुहोस् ।
– पिठो मुछेपछि यसलाई १०–१५ मिनेटको लागि छोप्नुहोस् ताकि यो राम्रोसँग नरम होस्
– अब एउटा डल्लो बनाएर बेलनाको सहायताले गोलो आकार दिनुहोस्
– प्यान तताउनुहोस्, परौठा थप्नुहोस् र दुबै तर्फबाट राम्रोसँग पकाउनुहोस्
– र माथि घिउ वा तेल लगाउनुहोस्
– राम्रोसँग पाकेपछि प्यानबाट झिक्नुहोस्

यी परौठाहरूको सबैभन्दा ठूलो विशेषता यसको स्वाद हो । त्यसबाहेक दाल परौठा स्वास्थ्यका लागि पनि उत्कृष्ट छ । यसमा प्रोटिन, फाइबर र आवश्यक पोषक तत्वहरु पाइन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : ०९ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि