आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित | Khabarhub Khabarhub

आईपीएलः बलिङ युनिट जमेपछि आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई कायमै राखेको छ। वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हरायो। आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा ९८ रन जोड्दै सहजै भेट्टाएको हो ।

पन्जाबका लागि नेहाल बाधेराले अविजित रहँदै १९ बलमा ३३ रन जोडे। उनले समान तीनतीन चौका र छक्का प्रहार गरे। मार्कस स्टोनिसले दुई बलमा सात रन जोडे। आफूले सामना गरेको पहिलो बलमा एक रन लिएका उनले यस दयालको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका हुन्। आरसिबीका जोस हजेलउडले तीन ओभरमा १४ रन खर्चेर पञ्जाबको तीन विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले नौ विकेटको क्षतिमा ९५ रन जोडेको हो। सो टोलीका टिम डेभिडले अविजित रहँदै २६ बलमा ५० रन जोडे। उनको पारीमा पाँच चौका र ती छक्का समावेश थियो। कप्तान रजत पाटिदरले १८ बलमा २३ रन जोडे। अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

पञ्जाबलाई नियन्त्रणमा राख्ने क्रममा मार्को जेन्सनले तीन ओभरमा १० रन खर्चेर दुई तथा युजभेन्द्र चावलले चीन ओभरमा ११ रन खर्चेर दुई विकेट लिए। आर्शदीप सिंहले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए। दुई विकेट लिए पनि हरप्रित सिंह महँगो साबित भए। पराजयको बाबजुद आरसिबीका टिम डेभिड प्लेयर अफ द म्याच घोषित भए। यो जिचपद्धि तालिकामा पञ्जाब १० अङ्कसहित दोस्रो स्थानमा पुगेको छ। १० अङ्क नै भएको दिल्ली क्यापिटल शीर्ष स्थानमा छ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ०७ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा