रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ « Khabarhub

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य एक पक्षले लगातार अप्ठेरो अवस्थाको सिर्जना गरेमा त्यस पक्षलाई बेवास्ता गरेर अघि बढ्ने बताएका छन्।

ओभल अफिसमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्ध केही दिन या महिनामा अन्त्य नभए पनि धेरै लामो समय नजाने बताए।

अमेरिकी विदेशमन्त्री मार्क रुबियोले वार्ता अन्त्य गर्ने घोषणा गरेको केही समयमा नै ट्रम्पले सो कुरा बताएका हुन्। रुबियोले आफूहरूका लागि प्राथमिकताका लागि अन्य धेरै विषय भएको बताएका छन्।

उनले मानिसहरू मरिरहेका कारण दुवै देशलाई युद्ध विरामका लागि बारम्बार अनुरोध गरेको बताए। उनीहरूले एउटा पक्ष मात्र यसमा चासो नदिएमा यो अत्यन्त मुर्ख्याई ठहर हुने बताएका छन्।

सन् २०२२ मा फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको रुसले अहिले युद्ध विरामका लागि अनेकन् शर्त राखेको छ। सुरुवाती चरणमा ट्रम्प प्रशासनले छोटो समयमा युद्ध विराम हुने आत्मविश्वास व्यक्त गरे पनि अहिले युद्ध विराम भन्दा टाढाको अवस्था देखिएको छ।

पेरिसमा युरोपेली नेतासँगको भेटपछि आफूहरू अघि बढ्ने बताएका छन्। क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले वार्तामा कुनै पक्ष कठिन भइरहेको बताएका छन्। रुबियोले वार्ताको प्रयास जारी राखेकै समयमा रुसले भने युक्रेनमा आक्रमण जारी राखेको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा रुसले गरेको मिसाइल आक्रमणमा दुई जानको ज्यान गएको बताएको छ।

रोममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको वार्तापछि अमेरिकी उपराष्ट्रपति जे डी भान्सले युद्ध विराम हुने कुरामा सकारात्मक भएको बताएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : २४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’