रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ « Khabarhub

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य एक पक्षले लगातार अप्ठेरो अवस्थाको सिर्जना गरेमा त्यस पक्षलाई बेवास्ता गरेर अघि बढ्ने बताएका छन्।

ओभल अफिसमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्ध केही दिन या महिनामा अन्त्य नभए पनि धेरै लामो समय नजाने बताए।

अमेरिकी विदेशमन्त्री मार्क रुबियोले वार्ता अन्त्य गर्ने घोषणा गरेको केही समयमा नै ट्रम्पले सो कुरा बताएका हुन्। रुबियोले आफूहरूका लागि प्राथमिकताका लागि अन्य धेरै विषय भएको बताएका छन्।

उनले मानिसहरू मरिरहेका कारण दुवै देशलाई युद्ध विरामका लागि बारम्बार अनुरोध गरेको बताए। उनीहरूले एउटा पक्ष मात्र यसमा चासो नदिएमा यो अत्यन्त मुर्ख्याई ठहर हुने बताएका छन्।

सन् २०२२ मा फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको रुसले अहिले युद्ध विरामका लागि अनेकन् शर्त राखेको छ। सुरुवाती चरणमा ट्रम्प प्रशासनले छोटो समयमा युद्ध विराम हुने आत्मविश्वास व्यक्त गरे पनि अहिले युद्ध विराम भन्दा टाढाको अवस्था देखिएको छ।

पेरिसमा युरोपेली नेतासँगको भेटपछि आफूहरू अघि बढ्ने बताएका छन्। क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले वार्तामा कुनै पक्ष कठिन भइरहेको बताएका छन्। रुबियोले वार्ताको प्रयास जारी राखेकै समयमा रुसले भने युक्रेनमा आक्रमण जारी राखेको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा रुसले गरेको मिसाइल आक्रमणमा दुई जानको ज्यान गएको बताएको छ।

रोममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको वार्तापछि अमेरिकी उपराष्ट्रपति जे डी भान्सले युद्ध विराम हुने कुरामा सकारात्मक भएको बताएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : २४ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट