शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री « Khabarhub

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गरेकी छिन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आलोचना गर्दै शिक्षकहरू नै समस्या समाधान गर्ने पक्षमा नरहेको आरोप लगाइन् ।

राज्यको तलब खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ। 

शिक्षा ऐन जारी गर्न सरकारले प्रतिबद्धता जनाएको र विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गर्दै उनले ऐन सडकबाट पास हुने हो र ? भन्दै प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ । मध्यस्थकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्‍याे भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे । शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्किँदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?’

झाँक्रीले विधेयक संशोधनसहित पास हुने भएकाले छलफलले समय लिएको स्पष्ट पार्दै अब समितिबाट विधेयक पास हुने प्रक्रिया रहेको उल्लेख गरिन् ।

यस्तै, उनले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुने समेत बताइन् । सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरू समेत रमिता हेर्न सडकमा गएको उनको आरोप छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ३६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि