योगेश भट्टराईलाई सुरक्षा दिन शौचालयमा थुनियो, सामाजिक सञ्जालमा भाइरल | Khabarhub Khabarhub

योगेश भट्टराईलाई सुरक्षा दिन शौचालयमा थुनियो, सामाजिक सञ्जालमा भाइरल


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले घेरा हालेका थिए ।

नेता भट्टराई सिंढी चढेर शौचालय प्रवेश गरेका थिए । त्यसपछि उनीविरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका छन् । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएका थिए ।

ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार नेता भट्टराई आफैं शौचालय गएका थिए । प्रहरी निरीक्षक बस्नेतले भने, ‘भाइरल भएजस्तो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर शौचालय जानुभएको थियो ।’

आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेका थिए । चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको स्थानीयले बताएका छन् । भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेलसमेत भएको प्रत्यक्षदर्शीले बताए ।

शुक्रबार महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १२ : १० बजे

प्रहरीलाई समयानुकूल परिष्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिष्कृत गर्दै लैजानुपर्ने

तोरीले पहेँलपुर काभ्रेको काफ्लेथोक (तस्बिरहरू)

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा अवस्थित काफ्लेथोक गाउँ यतिबेला तोरी

जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

एजेन्सी– जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार

बिवाइडीले उत्पादन गर्‍यो एक करोड ४० लाख गाडी, ब्राजिलका राष्ट्रपति बने उक्त गाडीको मालिक

काठमाडौं– चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले एक करोड ४० लाख

एक हजार छ सय रोपनीमा ‘बृहत् बैरेनी जग्गा एकीकरण’

तनहुँ– व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी