आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक « Khabarhub

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर आन्दोलनरत नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ । 

संघीय राजधानी काठमाडौंमा सुरु गरिएको आन्दोलनको १७औँ दिनमा  प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल पछि शिक्षक महासंघले शनिबार बैठक बोलाएको हो । बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा दिउँसो सवा ३ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

उनले महासंघको राष्ट्रिय समिति, महासंघमा आबद्ध पेशागत संगठनका अध्यक्ष र महासचिव, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन समितिका संयोजकहरू उपस्थित हुने बताए । 

देशभरका सामुदायिक विद्यालयबाट शिक्षकहरू बोलाएर संघीय राजधानी काठमाडौंमा आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीले महासंघसँग छलफल गरेका थिए । 

महासंघका अध्यक्ष सुवेदीले प्रधानमन्त्री ओली शुक्रबार राती ९ बजेबाट झण्डै दुई  घण्टा छलफल भएको पनि बताए । उनले छलफलमा महासंघका तर्फबाट जारी आन्दोलन, शिक्षक–कर्मचारीका माग–मुद्दा र विद्यालय शिक्षा ऐन जारीबारे धारणा प्रस्ट्याइएको बताए । 

‘प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो,’ सुवेदीले भने । उनले गएराती नै साढे ११ बजे सभामुख देवराज घिमिरेसँग पनि भेट भएको बताए । 

‘उहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भयो,’ अध्यक्ष सुवेदीले भने । प्रधानमन्त्री र सभामुखसँगको भेटमा अध्यक्ष सुवेदीसँगै सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव (अर्थ) मदनराज जोशी सहभागी थिए । 

विद्यालय, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले आन्दोलन गरेको शनिबार १८ दिन पुगेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : ४९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको