देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिदैनौँ : प्रचण्ड « Khabarhub

देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिदैनौँ : प्रचण्ड


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्‌घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्त्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् । 

तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अव यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रविरुद्ध सबै उत्पीडित बर्ग र जाति समुदाय अगाडि बढ्नुपर्ने बेला आएको धारणा राखे । 

प्रचण्डले अन्य दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफू रहेको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरूको ३० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे ।

उनले नेवार समुदायको समुदाय, भाषा, पहिचान स्थापित नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ०७ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा