भिरबाट लडेर छुट्टाछुट्ट ठाउँमा दुईको मृत्यु « Khabarhub

भिरबाट लडेर छुट्टाछुट्ट ठाउँमा दुईको मृत्यु


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो ।

आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उनका आफन्त पूर्ण बुढाले जानकारी दिए ।

यस्तै, भिरबाट लडेर पाल्पामा एक पुुरुषको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उहाँ अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा आज दिउँसो उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ०२ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा