बलिउड नायिका तब्बुको नामको रहस्य बुबासँगको बिछोड « Khabarhub

बलिउड नायिका तब्बुको नामको रहस्य बुबासँगको बिछोड


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका तब्बु तीन दशकदेखि अभिनयमा सक्रिय छिन् । यस दैरानमा उनले कैयन् हिट फिल्म पनि दिएकी छिन् ।

तब्बुलाई उनको बास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको पूरा नाम तबस्सुम फातिमा हाशमी हो ।

कलाकारितमा लागेपछि नाम परिवर्तन गर्ने ट्रेन्ड बलिउडमा पनि छ । तर, उनको नाम परिवर्तनको कारक व्यवसायिक मात्रै छैन ।

हालै उनले एक अन्तर्वार्तामा आफूले नाम परिवर्तन गर्नु र थर उल्लेख नगर्नुको कारणबारे खुलासा गरेकी छिन् । उनको नाम परिवर्तनसँग भावनात्मक कारण जोडिएको छ ।

बुवासँग सुमधुर सम्बन्ध नरहेकाले उनले नाम छोट्याएको र थर हटाएको बताएकी छिन् ।

सिमी ग्रेवालसँगको अन्तर्वार्तामा उनले बुवाले दोस्रो विवाह गरेका कारण सम्बन्ध बिग्रिएको खुलाएकी हुन् ।

बुवाले दोस्रो विवाह गर्दा तम्बु तीन वर्षकी थिइन् । त्यसपछि तब्बुका बुवा उनलाई छोडेर छुट्टै बस्न थाले । त्यसयता आफ्नो र बुवाको भेट नभएको उनी बताउँछिन् ।

यही भावनात्मक मोडका कारण बुवाको थर ‘हाशमी’ नाममा प्रयोग नगरेकी उनको दाबी छ ।

५३ वर्षीय तब्बु अहिलेसम्म अविवाहित छिन् । लामो समयसम्म उनी दक्षिण भारतीय नायक नागार्जुनसँग प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । तर उनीहरूको सम्बन्ध टुटेको चर्चा छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३२ बजे

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार