बलिउड नायिका तब्बुको नामको रहस्य बुबासँगको बिछोड « Khabarhub

बलिउड नायिका तब्बुको नामको रहस्य बुबासँगको बिछोड


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका तब्बु तीन दशकदेखि अभिनयमा सक्रिय छिन् । यस दैरानमा उनले कैयन् हिट फिल्म पनि दिएकी छिन् ।

तब्बुलाई उनको बास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको पूरा नाम तबस्सुम फातिमा हाशमी हो ।

कलाकारितमा लागेपछि नाम परिवर्तन गर्ने ट्रेन्ड बलिउडमा पनि छ । तर, उनको नाम परिवर्तनको कारक व्यवसायिक मात्रै छैन ।

हालै उनले एक अन्तर्वार्तामा आफूले नाम परिवर्तन गर्नु र थर उल्लेख नगर्नुको कारणबारे खुलासा गरेकी छिन् । उनको नाम परिवर्तनसँग भावनात्मक कारण जोडिएको छ ।

बुवासँग सुमधुर सम्बन्ध नरहेकाले उनले नाम छोट्याएको र थर हटाएको बताएकी छिन् ।

सिमी ग्रेवालसँगको अन्तर्वार्तामा उनले बुवाले दोस्रो विवाह गरेका कारण सम्बन्ध बिग्रिएको खुलाएकी हुन् ।

बुवाले दोस्रो विवाह गर्दा तम्बु तीन वर्षकी थिइन् । त्यसपछि तब्बुका बुवा उनलाई छोडेर छुट्टै बस्न थाले । त्यसयता आफ्नो र बुवाको भेट नभएको उनी बताउँछिन् ।

यही भावनात्मक मोडका कारण बुवाको थर ‘हाशमी’ नाममा प्रयोग नगरेकी उनको दाबी छ ।

५३ वर्षीय तब्बु अहिलेसम्म अविवाहित छिन् । लामो समयसम्म उनी दक्षिण भारतीय नायक नागार्जुनसँग प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । तर उनीहरूको सम्बन्ध टुटेको चर्चा छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३२ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा