क्लबमा म्युजिक प्रोडुसर अबेलाई आक्रमण गरेको केसमा क्रिसका साथी र्‍यापर ‘हुडीबेबी’ पनि तानिए « Khabarhub

क्लबमा म्युजिक प्रोडुसर अबेलाई आक्रमण गरेको केसमा क्रिसका साथी र्‍यापर ‘हुडीबेबी’ पनि तानिए


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२३ मा लन्डनको एक रात्रि क्लबमा म्युजिक प्रोडुसर अबे डीअबमाथि भएको आक्रमणको अनुसन्धानले नयाँ मोड लिएको छ । गायक क्रिस ब्राउनका साथी र्‍यापर हुडीबेबी पनि अनुसन्धानमा तानिएका हुन् ।

म्युजिक प्रोडुसर अबे आक्रमणपछि अचेत भएका थिए । सुरुवाती अनुसन्धानमै प्रहरीले यो घटनाको पीडकका रुपमा अमेरिकी गायक क्रिस ब्राउनलाई लिँदै आएको थियो । उनले मदिराको बोतल प्रहार गरेर अबेलाई अचेत अवस्थामा पुर्‍याएको प्रहरीको दाबी थियो ।

क्रिस यो घटनालाई लिएर अहिले लन्डन प्रहरीको हिरातमा छन् । उनीमाथि गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोग लागेको छ । साउथवार्क क्राउन अदालतले अर्को सुनुवाइ नहुञ्जेल हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अर्को सुनुवाइ जुन १३ मा हुने अन्तर्राष्ट्रिय मिडिया एएनआईले उल्लेख गरेको छ ।

अहिले भने यस आक्रमणमा संलग्न रहेको आरोपमा क्रिसका साथी र्‍यापर हुडीबेबीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि पनि मुद्दा चलाएको छ । हुडीबेबीलाई शनिबार हाजिर गराउन अदालतले आदेश दिएको छ ।

ब्राउन र हुडीबेबी दुवै अहिले कानुनी प्रक्रियामा तानिकाले यो आक्रमण ‘हाइ प्रोफाइल’ घटनामा परिणत भएको छ । यसले यी दुवैको करिअरलाई असर पार्ने टिकाटिप्पणी सुरु भएको छ ।

नभन्दै क्रिसको करिअरमा यसको असर देखा परेको छ । हिरासतमा रहेकाले क्रिसको जुन ८ मा सार्वजनिक हुने भनिएको नयाँ एल्बम ‘ब्रिजी बाउल एक्स एक्स’ प्रभावित हुने देखिन्छ । उनका तय भएका संगितिक भ्रमणहरु पनि अन्योलमा परेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ५५ बजे

लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा