क्लबमा म्युजिक प्रोडुसर अबेलाई आक्रमण गरेको केसमा क्रिसका साथी र्‍यापर ‘हुडीबेबी’ पनि तानिए « Khabarhub

क्लबमा म्युजिक प्रोडुसर अबेलाई आक्रमण गरेको केसमा क्रिसका साथी र्‍यापर ‘हुडीबेबी’ पनि तानिए


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२३ मा लन्डनको एक रात्रि क्लबमा म्युजिक प्रोडुसर अबे डीअबमाथि भएको आक्रमणको अनुसन्धानले नयाँ मोड लिएको छ । गायक क्रिस ब्राउनका साथी र्‍यापर हुडीबेबी पनि अनुसन्धानमा तानिएका हुन् ।

म्युजिक प्रोडुसर अबे आक्रमणपछि अचेत भएका थिए । सुरुवाती अनुसन्धानमै प्रहरीले यो घटनाको पीडकका रुपमा अमेरिकी गायक क्रिस ब्राउनलाई लिँदै आएको थियो । उनले मदिराको बोतल प्रहार गरेर अबेलाई अचेत अवस्थामा पुर्‍याएको प्रहरीको दाबी थियो ।

क्रिस यो घटनालाई लिएर अहिले लन्डन प्रहरीको हिरातमा छन् । उनीमाथि गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोग लागेको छ । साउथवार्क क्राउन अदालतले अर्को सुनुवाइ नहुञ्जेल हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अर्को सुनुवाइ जुन १३ मा हुने अन्तर्राष्ट्रिय मिडिया एएनआईले उल्लेख गरेको छ ।

अहिले भने यस आक्रमणमा संलग्न रहेको आरोपमा क्रिसका साथी र्‍यापर हुडीबेबीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि पनि मुद्दा चलाएको छ । हुडीबेबीलाई शनिबार हाजिर गराउन अदालतले आदेश दिएको छ ।

ब्राउन र हुडीबेबी दुवै अहिले कानुनी प्रक्रियामा तानिकाले यो आक्रमण ‘हाइ प्रोफाइल’ घटनामा परिणत भएको छ । यसले यी दुवैको करिअरलाई असर पार्ने टिकाटिप्पणी सुरु भएको छ ।

नभन्दै क्रिसको करिअरमा यसको असर देखा परेको छ । हिरासतमा रहेकाले क्रिसको जुन ८ मा सार्वजनिक हुने भनिएको नयाँ एल्बम ‘ब्रिजी बाउल एक्स एक्स’ प्रभावित हुने देखिन्छ । उनका तय भएका संगितिक भ्रमणहरु पनि अन्योलमा परेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

रास्वपा समानुपातिक सूचीको एक नम्बरमा रहेका आचार्यले नाम फिर्ता लिने, प्रत्यक्ष लड्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। विशेष

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा