आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : भाग्यको उदय हुने दिन छ। खर्च बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। तपाईंको प्रतिभाले समाजमा चर्चा पाउनेछ।

मिथुन : तपाईंको बोली बिक्ने दिन छ। महत्त्वपूर्ण ठाउँमा तपाईंको तर्कमाथि बहस हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

कर्कट : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्दा नाफा आर्जन हुनेछ। विपक्षी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह : चिन्ता बढ्ने दिन छ। आफ्नै कारणले व्यवहारमा समस्या आइपर्नेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको भने साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। कृषि उपजको व्यापारमा राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदन हुनेछ। विपक्षी साथी शान्त भएकाले दिन सहज बन्नेछ।

तुला : स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानी गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ। आफ्नो निर्णय आफैं गर्न नसक्दा सचेत बन्नुपर्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्ने भएकाले सचेत बन्नुपर्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्नेछ।

मकर : आज तपाईंको मन प्रशन्न बन्नेछ। दैनिक काममा उत्साह बढ्नेछ। इज्जत र कुर्सी जोगाउन सम्पत्ति खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। व्यापारीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : तपाईंको राशिमा शनि पुगेका छन्। यो मध्यसाढेसातीको प्रभाव हो। काम गर्दा हठ त्याग्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ०३ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब