सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ४० पैसा र बिक्रीदर १५३ रुपियाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपियाँ २२ पैसा र बिक्रीदर १८२ रुपियाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपियाँ ९४ पैसा र बिक्रीदर १६३ रुपियाँ ६६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४१ पैसा र बिक्रीदर ८७ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७६ पैसा र बिक्रीदर ९८ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ०३ पैसा र बिक्रीदर १०५ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ७६ पैसा र बिक्रीदर ९ रुपियाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९६ पैसा र बिक्रीदर १४ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४३ पैसा र बिक्रीदर २० रुपियाँ ५२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपियाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ १२ पैसा र बिक्रीदर ३६३ रुपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५९ पैसा र विक्रीदर ३५६ रुपियाँ १५ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ५ : ३३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं