आईपीएल : दिल्लीविरुद्ध गुजरात १० विकेटले विजयी « Khabarhub

आईपीएल : दिल्लीविरुद्ध गुजरात १० विकेटले विजयी


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ ।

आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो । साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे । ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोेरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए।

यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेसो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ०३ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण