टी-२० विश्वकप छनोट: यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल « Khabarhub

टी-२० विश्वकप छनोट: यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी-२० विश्वकप छनोटका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।

आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेको हो। खेल भर्खरै सुरु भएको छ । पाँच ओभरको समाप्तिमा यूएईले बिना क्षति २३ रन जोडेको छ । नेपालका पूजा महतो र सवनम राईले दुईदुई ओभर बलिङ गर्दा कविता कुँवरले एक ओभर बलिङ गरेकी छन् ।

आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक-एक खेल खेल्नेछन्।

सुपर-३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्। यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ।

अब एसिया, यूरोप, अफ्रिकाका र पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट विश्वस्तरीय छनोट खेल्ने टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ९ : ०० बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर