सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ? « Khabarhub

सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ?


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गत चैत ५ गते काठमाडौंको टोखाबाट बरामद २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिकबारे प्रश्न उठाएका छन् ।

उक्त परिणमाको अवैध मुद्राको मालिकलाई सरकारले पत्ता लगाउन नचाहेको भन्दै उनले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आपत्ति जनाएका छन् ।

राज्य व्यस्था समितिका सभापति समेत रहेका खतिवडाले यस्ता मुद्दामा ट्रक चालक र कामदारलाई मात्रै समातेर मालिकलाई जोगाउन नहुनेमा पनि जोड दिएका छन् ।

‘केही महिनाअघि सरकारले काठमाडौंको टोखाबाट २५ करोड बराबरको अवैध रकम समात्यो । एउटा ड्राइभर र व्यापारी पनि पक्रियो, थुन्यो’, उनले भने, ‘तर त्यसलाई मूल संरक्षण कसले गरेको छ ? खास धनी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सधैँ ड्राइभर र लोडरलाई थुन्ने, धनी पत्ता नलगाउने । त्यसको कनेक्सन कहाँ–कहाँ छ ? को–को त्यसमा संलग्न छन्, सरकारले सदनलाई जानकारी देओस् ।’

प्रहरीले टोखाबाट पक्राउ परेको २५ करोड २९ लाख ९ हजार ५ सय बराबरको पैसाबारे सरकारले अझै ठोस सजवाफ दिन नसकेको उनको भनाइ छ ।

उक्त ट्रकका चालक फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले त्यहीबेला नियन्त्रणमा लिएको थियो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

तर राजश्व अनुसन्धान विभागले टोखाको झोरमा बरामद २५ करोड रुपैयाँको खास मालिक सुन तस्करीमा संलग्न सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–४ का नारायण पौडेलको रहेको गत चैत २१ मै बताएको थियो ।

नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले गत ४ चैतमा झोरबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बरामद गरेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा बरामद रकमको मालिक पौडेल रहेको खुलेको विभागले जनाएको थियो ।

नारायण भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका दाजु हुन् । राजकुमार ०७४ माघमा भएको २२ किलो सुन तस्करीमा पनि संलग्न थिए ।
त्यस घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजकुमारसहित ११ जनाविरुद्ध मुद्दा हालेको थियो । उक्त प्रकरणमा नारायण पनि संलग्न रहेको प्रहरीले जनाएको थियो । उनी विदेशी विनिमय अपचलन तथा रक्तचन्दन तस्करीमा पनि दोषी ठहर भइसकेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १२ : २३ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु