सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ? « Khabarhub

सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ?


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गत चैत ५ गते काठमाडौंको टोखाबाट बरामद २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिकबारे प्रश्न उठाएका छन् ।

उक्त परिणमाको अवैध मुद्राको मालिकलाई सरकारले पत्ता लगाउन नचाहेको भन्दै उनले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आपत्ति जनाएका छन् ।

राज्य व्यस्था समितिका सभापति समेत रहेका खतिवडाले यस्ता मुद्दामा ट्रक चालक र कामदारलाई मात्रै समातेर मालिकलाई जोगाउन नहुनेमा पनि जोड दिएका छन् ।

‘केही महिनाअघि सरकारले काठमाडौंको टोखाबाट २५ करोड बराबरको अवैध रकम समात्यो । एउटा ड्राइभर र व्यापारी पनि पक्रियो, थुन्यो’, उनले भने, ‘तर त्यसलाई मूल संरक्षण कसले गरेको छ ? खास धनी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सधैँ ड्राइभर र लोडरलाई थुन्ने, धनी पत्ता नलगाउने । त्यसको कनेक्सन कहाँ–कहाँ छ ? को–को त्यसमा संलग्न छन्, सरकारले सदनलाई जानकारी देओस् ।’

प्रहरीले टोखाबाट पक्राउ परेको २५ करोड २९ लाख ९ हजार ५ सय बराबरको पैसाबारे सरकारले अझै ठोस सजवाफ दिन नसकेको उनको भनाइ छ ।

उक्त ट्रकका चालक फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले त्यहीबेला नियन्त्रणमा लिएको थियो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

तर राजश्व अनुसन्धान विभागले टोखाको झोरमा बरामद २५ करोड रुपैयाँको खास मालिक सुन तस्करीमा संलग्न सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–४ का नारायण पौडेलको रहेको गत चैत २१ मै बताएको थियो ।

नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले गत ४ चैतमा झोरबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बरामद गरेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा बरामद रकमको मालिक पौडेल रहेको खुलेको विभागले जनाएको थियो ।

नारायण भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका दाजु हुन् । राजकुमार ०७४ माघमा भएको २२ किलो सुन तस्करीमा पनि संलग्न थिए ।
त्यस घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजकुमारसहित ११ जनाविरुद्ध मुद्दा हालेको थियो । उक्त प्रकरणमा नारायण पनि संलग्न रहेको प्रहरीले जनाएको थियो । उनी विदेशी विनिमय अपचलन तथा रक्तचन्दन तस्करीमा पनि दोषी ठहर भइसकेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १२ : २३ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा