बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
 
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद ध्रुवबहादुर प्रधानले पूर्वसांसद जोगमेहर श्रेष्ठलाई जोडेर एक सांसदले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाए । उक्त भाषाले नेवार समुदायलाई नै अपमानित गरेको उनले सुनाए ।

सांसद शेरबहादुर कुँवरले भारतीय सेनामा नेपालीलाई गोरखा भर्ती गर्दै आएकामा अग्नि रेखाका नाममा फरक पार्न थालिएकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरे । भूकम्पलगायत विपद्मा प्रभावित जनताले राहत पाउन समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि आवश्यक भएको उनको भनाइ छ । 

सांसद रञ्जुकुमारी झाले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको माग गरिन् । सौर्य एयरको विमान दुर्घटनामा परेकाले अहिलेसम्म क्षतिपूर्ति नपाई गुनासो बढिरहेको सुनाउँदै उनले क्षतिपूर्तिको छिटो व्यवस्था गर्न पनि उनले माग गरिन् । 

सांसद रेखा यादवले कृषि क्षेत्रको विकासमा सरकार गम्भीर भएको देखिँदैन भनिन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सबै किसानलाई परिचयपत्र दिने भनिए पनि अहिलेसम्म १९ लाखले मात्र पाएको पनि उनले बताइन् । अर्ग्यानिक मल आयात गर्दा २४ दशमलव ३९ प्रतिशत भन्सार लिनु गलत भएको सांसद यादवले बताइन् ।

सांसद रामप्रकाश चौधरीले सागरनाथ वन विकास परियोजनाको वन प्रयोजनविहीन रहेकाले विमानस्थल बनाउनुपर्ने माग गरे । सागरनाथ वन विकास परियोजना प्रयोजनहीन भएको, ११ महिनादेखि कर्मचारीले तलब नपाएको, हजारौँ बिघा जमिन अतिक्रमणमा परेको पनि उनले जानकारी गराए । 

सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा जानेले अत्यधिक तापक्रममा काम गर्नुपरेकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरे । दुग्ध किसानले अहिलेसम्म पनि भुक्तानी नपाएर समस्या भएकाले छिटो भुक्तानी दिन माग गरे ।

सांसद प्रभु साहले लघुवित्तपीडितको समस्या किन समाधान नगरिएको भनी प्रश्न गर्नुहुँदै डेपुटी गभर्नरको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गरे । प्रतिवेदनका आधारमा लुटिएका लघुवित्तपीडितलाई छिटो न्याय दिई सडकबाट फिर्ता गराउन पनि सांसद साहले माग गरे । 

सांसद डा अमरेशकुमार सिंहले सर्लाहीको सत्बरिया गाउँपालिका–३ वडा कार्यालय र एक आधारभूत विद्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा वातावरण मन्त्रालयलगायत निकाय एवं सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदलाई पनि पत्र पठाएर क्रसर उद्योगले आधारभूत विद्यालयमा पढ्न नसक्ने अवस्था रहेको बताए ।

 क्रसरको तस्बिर खिच्ने पत्रकारलाई डाँका मुद्दा लगाइएकाले यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले माग गरे।
 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १ : ४९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं