मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला « Khabarhub

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

भोजपुर– मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कृतिलाई चित्रमा उतार्नका लागि तीन दिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो । 

कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरूले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक संस्कृति तथा किरात संस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरूलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमुख सञ्जय बान्तावाले जानकारी दिए । 

कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाई समेत उजागर गर्न टेवा पुग्ने उनको भनाइ छ । चखेवामा पहिलो पटक हुन लागेको चित्रकला कार्यशालाले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।

‘चित्रकलामार्फत यहाँको प्राकृतिकसँगै धार्मिक संस्कृतिलाई चित्रमा उतारिने छ’, प्रमुख बान्तावाले भने, ‘बीस जना कलाकारहरूले यहाँको यो पदमार्गसँगै यहाँका सबै क्षेत्रलाई चित्रमा समावेश गर्नु हुनेछ ।’

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै प्रवर्द्धन गर्ने लक्ष्यले राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

चित्रकला प्रदर्शनीमार्फत यहाँको प्राकृतिक धार्मिक, सांस्कृतिक रहन सहनलाई देशविदेशसम्म चिनाउन सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
 
गाउँपालिकाले मुन्दुम पदमार्गको विकासका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ । यो पदमार्गको विकासका लागि विभिन्न जिल्लाका सात स्थानीय तह साझा धारणा घोषणा गरेर प्रवर्द्धन तथा विकासमा जुटेको अध्यक्ष बस्नेतको भनाइ छ । 

‘गाउँपालिकाले पर्यटन र कृषिलाई यहाँको मुख्य आधार बनाएर काम गरिरहेको छ’, अध्यक्ष बस्नेतले भने, ‘पर्यटनलाई कलासँग जोडेर प्रचारप्रसार गर्न चित्रकला कार्यशालाको आयोजना गरिएको हो, यसले पदमार्गको प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

यस वर्ष पनि नेपाल सरकार, गाउँपालिका र स्विस सरकारको लागत साझेदारीमा एक करोड ९० लाख रुपैयाँ लागतमा पदमार्गको संरक्षणसँगै विस्तारको काम भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए । कार्यशाला गाउँपालिकाको आयोजना, पर्यटन बोर्डको प्रवर्द्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको हो ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १ : ५४ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई