गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक  « Khabarhub

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने चर्चा चलेसँगै शेयर बजारमा रौनक फर्किएको छ । 

सोमबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३० अंकले बढेको छ । आज नेप्से ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर कारोबार भएको छ । 

आज १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७१ हजार २८७ कित्ता शेयर कारोबार भएको छ । 

आज १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक अन्य समै समूह बढेको छ । आज सबैभन्दा बढी विकास बैंक १.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह सबैभन्दा कम ०.१३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ३५ बजे

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

काठमाडौं– मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन