गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक  « Khabarhub

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने चर्चा चलेसँगै शेयर बजारमा रौनक फर्किएको छ । 

सोमबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३० अंकले बढेको छ । आज नेप्से ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर कारोबार भएको छ । 

आज १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७१ हजार २८७ कित्ता शेयर कारोबार भएको छ । 

आज १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक अन्य समै समूह बढेको छ । आज सबैभन्दा बढी विकास बैंक १.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह सबैभन्दा कम ०.१३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ३५ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा