सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम काट्नू | Khabarhub Khabarhub

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम काट्नू


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा मूल समारोह समिति गठनका क्रममा सम्बोधन गर्दै पटक पटक बोलाउँदा पनि नआउनेको नाम अब राखिरहनु जरूरी नभएको पनि ओलीले बताए ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औ‍पचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।

अझ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक वर्षदेखि शीत युद्ध चलाइरहेका बालेनले सोमबारको बैठकमा पनि सहभागिता जनाएनन् । यद्यपि मुख्य सचिव एकनारायण अर्यालले बालेनतिर संकेत गर्दै लिखित निम्तो नै पठाइको जानकारी दिए ।

काठमाडौं मेयर्स फोरममा समेत बस्न छाडेका बालेन पछिल्लो समय आफैंले कारबाही गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर भएदेखि तनावमा छन् । उनले गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिइरहे पनि अहिलेसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित कुनै निकायले पनि गुरागाईंबारे छानबिन गरेर ठोस प्रमाण जुटाएका छैनन् ।

‘मानका खातिर मानको चलन छोड्दा पनि हुन्छ कि के हो ? केही मान्छेको नाम हरेक पटक राख्यो आउँदैनन्’, उनले बालेन्द्रतिर लक्षित गर्दै भने, ‘त्यस्ता नआउने मान्छेको नाम अब यो बैठकमा टाँस्नुको कुनै अर्थ छैन । अहिले पनि यहाँ नआएका मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई त । कहिले पनि नआउने नाम चाहिँ सधैँ टाँस्नु पर्ने, यो चलन ठिक भएन ।’

ओलीले सम्बन्धित मान्छेलाई नै वास्ता छैन भने अब संघीय सरकारले पनि वास्ता गर्ने छाड्नुपर्ने बताए । ‘खुदै व्यक्तिलाई कुनै वास्तै छैन महत्व छैन भने अब नाम नराखौँ । एक पटक ती मान्छेलाई तपाईंहरू सोध्नुस्, यदि रूचि छैन भने अबदेखि औपचरिकता पूरा गर्न नाम नराखौँ’, उनले भने ।

ओलीले यति भनिसकेपछि बैठक सञ्चालन गरिरहेका मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीले अध्यक्षता गरेको बैठकमा बोलाउँदा पनि नआउनु अशोभनीय भएको टिप्पणी गरे ।

‘सम्माननीय (प्रधानमन्त्री)ले अध्यक्षता गर्ने बैठकमा त आउनुपर्ने हो । सरकारले आयोजना गर्ने बैठकमा त आउनुपर्छ भन्ने मान्यता हो’, उनले भने, ‘यस्ता बैठकमा सहभागी हुनु पर्छ । उच्चस्तरीय कमिटीमा सहभागिताका लागि आमन्तरण गरिएको हुन्छ । नआउनु शोभनीय हुँदैन ।’

त्यसपछि प्रधानमन्त्रीले एक-दुई पटक नआउनु स्वभाविक हुन सक्ने भए पनि लगातार तीन-चार पटक नआउनुलाई उचित ठान्न नसकिने बताए ।

‘बोलाएको बैठकमा एक पटक, दुई पटक, तीन पटक लगातार आएन भने त पदै जान्छ । चार पटकजति भइसक्यो । पटक पटक नआउने यस्तो त हुँदैन । न चाडवर्व न अरू केही, त्यस्तोमा सधैँ बोलाउनुपर्ने, आउन चाहिँ नआउने, सधैँ बोलाइरहनुपर्ने अब यस्तो हुँदैन’, उनले भने,‘अर्को पटकसम्ममा सोधीखोजी गर्नुहोला, आउने हो कि होइन, यदि अहिले जस्तै नआउने हो भने सोधेर नाम नराख्नू ।’

उनले हरेक पटक इतिहास चाहिँ बनिरहने नाम चाहिँ छापिरहनु पर्ने, हरेक पटक नाम पढिवाची गरिरहनुपर्ने तर नआउने कुरालाई जायज मान्न नसकिने बताए ।

‘आउने मन भएर पनि परिस्थितिवश नआउनेलाई पनि धन्यवाद, जो नियतवश आउन सकेनन् उनलाई पनि धन्यवाद’, उनले भने,‘जे जे भए पनि गणतन्त्र दिवस उधुमसँग र जनस्तरसम्मै मनाउनुपर्छ । जनस्तर छोड्नु हुँदैन । सरकारी कार्यक्रममा मात्रै भर पर्नु हुँदैन’, उनले भने, ‘जनप्रतिनिधि र राज्यका निकायमा मात्रै होइन, जनस्तरमा मनाउन पनि जनतालाई आह्वान गर्नुपर्छ ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ५६ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल