‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्रले फिल्म ‘आबाट आमा’ बनाउने « Khabarhub

‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्रले फिल्म ‘आबाट आमा’ बनाउने


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट डेब्यू गरेका निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आबाट आमा’ निर्माणको घोषणा गरेका छन् ।

पन्तले सोमबार एक थिम पोस्टर सार्वजनिक गरी नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टरमा एक बालककले आमाको आशु पुछिरहेको देख्न सकिन्छ ।

पोस्टरमा पन्तकै कथा, लेखन र निर्देशन रहने बताइएको छ । साथै, प्रदर्शन मिति पनि फागुन १५ बाट प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

यस फिल्मको छायाङ्कन भदौबाट सुरु गर्ने योजनामा पन्त रहेका छन् । अहिलेसम्म कलाकार चयनको काम भने बाँकी रहेको उनले बताए ।

फिल्म आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा बन्ने बताइएको छ ।

पन्तको डेब्यू फिल्म ‘ह्रस्व दीर्घ’ले पाँच करोडको लगानीमा बनेको थियो । यसले घरेलु बक्स अफिसबाट चार करोडभन्दा माथिको व्यापार गरेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ३८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६