‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्रले फिल्म ‘आबाट आमा’ बनाउने « Khabarhub

‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्रले फिल्म ‘आबाट आमा’ बनाउने


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट डेब्यू गरेका निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आबाट आमा’ निर्माणको घोषणा गरेका छन् ।

पन्तले सोमबार एक थिम पोस्टर सार्वजनिक गरी नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टरमा एक बालककले आमाको आशु पुछिरहेको देख्न सकिन्छ ।

पोस्टरमा पन्तकै कथा, लेखन र निर्देशन रहने बताइएको छ । साथै, प्रदर्शन मिति पनि फागुन १५ बाट प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

यस फिल्मको छायाङ्कन भदौबाट सुरु गर्ने योजनामा पन्त रहेका छन् । अहिलेसम्म कलाकार चयनको काम भने बाँकी रहेको उनले बताए ।

फिल्म आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा बन्ने बताइएको छ ।

पन्तको डेब्यू फिल्म ‘ह्रस्व दीर्घ’ले पाँच करोडको लगानीमा बनेको थियो । यसले घरेलु बक्स अफिसबाट चार करोडभन्दा माथिको व्यापार गरेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्