एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी  « Khabarhub

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ ।

जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ ।

जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरूको पहुँच र यसका अवसरहरूबाट पाइने लाभ समान रूपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो ।

‘हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौँ, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौँ । जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्त्वपूर्ण कदम अगाडि बढिइरहेका छौँ। हातेमालो गर्दै, हामीले डिजिटल दुनियाँमा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौँ।’ एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ३१ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या