एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी  | Khabarhub Khabarhub

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ ।

जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ ।

जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरूको पहुँच र यसका अवसरहरूबाट पाइने लाभ समान रूपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो ।

‘हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौँ, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौँ । जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्त्वपूर्ण कदम अगाडि बढिइरहेका छौँ। हातेमालो गर्दै, हामीले डिजिटल दुनियाँमा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौँ।’ एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ३१ बजे

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र