सिंहदरबारकै धारामा मेलम्चीको पानी झर्न लाग्यो तीन वर्ष ! | Khabarhub Khabarhub

सिंहदरबारकै धारामा मेलम्चीको पानी झर्न लाग्यो तीन वर्ष !


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुग्ने सेवाग्राहीको प्यास मेटाउन बनाइएका धारामा तीन वर्षपछि बल्ल मेलम्चीको पानी झरेको छ ।

२०७९ चैत १७ गते सिंहदरबार परिसरमा पहिलो पटक सञ्चालनमा ल्याइएको धारामा सोमबार दिउँसो बल्ल पानी खसेको हो ।

एक कार्यक्रमबीच सोमबार खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरू गरेका हुन् । उनले आफूले पनि मेलम्चीको पानी पिएर वितरण सुरू भएको घोषणा गरे ।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरू भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए ।

सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउन पाइप लाइनको विस्तार गरिने उनले बताएका छन् ।

 खानेपानी मन्त्री प्रदीप यादवले यसअघि १० वैशाखमा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका थिए ।

सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरणका लागि अनुगमनका क्रममा उनले वर्षौँदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी सदाका लागि अन्त्य गरिने बताएका थिए ।

उनले भनेअनुसार सोबारदेखि सुरू पानी वितरणले निरन्तरता पाएमा सिंहदरबार पुग्दा तिर्खाउने सर्वसाधारण र सेवाग्राहीलाई केही रात हुने भएको छ।

सिंहदरबारमा सेवा लिन अहिलेसम्म आफैं पानी बोकेर जानुपर्ने बाध्यता थियो । आफैँ पानी बोकेर नजानेहरू मन्त्रालयका क्यान्टिनतिर छिरेर किन्नुपर्ने बाध्यता हुन्थे ।

अहिलेसम्म सिंहदरबार जार र बोतलको पानीले चलेको थियो । यहाँका सबैजसो मन्त्रालय र सरकारी कार्यालयमा जारकै पानी पुग्ने गरेको थियो । त्यहीकारण मन्त्रालयहरूले सेवाग्रही र सर्वसाधारणलाई निःशुल्क पानी दिँदैन थिए ।

सिंहदरबारमा पहिलो पटक खानेपानी वितरणका लागि सार्वजनिक धारा सञ्चालन गरिए पनि पानी झरेको थिएन । यी धारा जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले राखेका थिए ।

उनले सिंहदरबारदेखि सार्वजनिक धारा राख्ने अभियान थालेका थिए ।त्यसबेला उनले मुख्य सडक, सार्वजनिक पार्क, बसपार्क र सरकारी कार्यालय धारा राख्दै जाने योजना बनाएका थिए ।

तर उनले यो अभियान चलाएकै बेला राजीनामा दिए । त्यहीकारण सिंहदरबारमा राखिएका तीनवटा धारामा पानी खस्न पाएन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ५ लाख खर्च गरेर सिंहदरबारमा धारा त जोड्यो तर पानी आएन ।

अर्कातिर तत्कालीन प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको धारामा पनि पानी झरेको थिएन । दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि २०८० माघ १ गते मेलम्चीको पानी पुनःवितरणको उद्घाटन गर्दा धारो राखिएको थियो । उक्त धाराबाट पनि उद्घाट सकेपछि पानी झरेको थिएन ।

लामो समयदेखि अलपत्र यी धारामा अब बल्ल पानी झर्न थालेका छन् । सुरूमा जोड्दै सिंहदरबारका यी ती धाराको पानी उपभोक्ताले सिधै पिउन सकिने केयूकेएलले बताएको थियो । त्यसबेला २४सै घण्टा पानी आउने गरी यी धारा जोडिएका थिए । तर यी धारामा तीन वर्षसम्म पानी आउँदै आएन ।

सरसफाइ अभावले बेवारिस बनेका यी धारमा सोमबारदेखि भने पानी खस्न थालेको छ । पानी वितरण कार्यक्रममा मन्त्रालयका सचिव ईन्जिनियर प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ईन्जिनियर मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईन्जिनियर रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ३३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं