कारोबारको विवरण नबुझाएको भन्दै धितोपत्र बोर्डले चलायो ११ ब्रोकरलाई कारबाहीको डण्डा  « Khabarhub

कारोबारको विवरण नबुझाएको भन्दै धितोपत्र बोर्डले चलायो ११ ब्रोकरलाई कारबाहीको डण्डा 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई चेतावनी सहितको पत्र पठाएको छ । ब्रोकरले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएको भन्दै चेतावनी दिएको हो । 

सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ को व्यवस्थाको परिपालना नगरेको भन्दै चेतावनी दिएको हो । 

धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्काट्र्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल परेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ४४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने