अनलाइनका सञ्चालक र सम्पादकलाई पत्रकार आचारसंहिता अभिमूखीकरण | Khabarhub Khabarhub

अनलाइनका सञ्चालक र सम्पादकलाई पत्रकार आचारसंहिता अभिमूखीकरण


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सञ्चारजगतको नियामक निकाय प्रेस काउन्सिल नेपालले आइतबार विभिन्न अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमूखीकरण कार्यक्रम गरेको छ ।

नयाँ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने सञ्चालक र उक्त अनलाइनमा कार्यरत सम्पादकहरूलाई पत्रकार आचारसंहिता अभिमूखीकरण कार्यक्रम काउन्सिलको सभा हलमा गरिएको हो ।

यो कार्यक्रम काउन्सिलले थालेको अभिमुखीकरणअन्तर्गतको ६१‍ औँ श्रृङ्खला हो । कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजलाई नेतृत्व गर्ने वर्गका रुपमा परिचित पत्रकारहरूले सचेत भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले जाति, धर्म, राजनीतिक दल, कुनै पनि समुदाय या सम्प्रदायलाई विभेद नगरी समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएकव बताएका छन् ।

आचारसंहिता पालना गराउनुका साथै पत्रकारहरूलाई त्यसप्रति जागरूक र सचेत गराउन अभिमूखिकरण अभियान चलाइएको जानकारी बस्नेतले दिएका छन् ।

उक्त अभिमुखिकरण कार्यक्रमको विषय विज्ञका रुपमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित र खबरहब डटकमका समाचार सम्पादक ज्ञानेन्द्र खड्काले प्रशिक्षण दिएका काउन्सिलका अधिकृत सुवास राईले बताए ।

उनका अनुसार उक्त अभिभूमिकरणमा देशभरका विभिन्न २८ वटा अनलाइनका सञ्चालक र सम्पादकहरू सहभागी थिए । काठमाडौं उपत्यकाभित्रबाट भौतिक र उपत्यकाबाहिरबाट भर्चुअल रुपमा पनि सम्पादक र सञ्चालकहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ४८ बजे

ज्वाङखोला पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु 

काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई

महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट