अनलाइनका सञ्चालक र सम्पादकलाई पत्रकार आचारसंहिता अभिमूखीकरण « Khabarhub

अनलाइनका सञ्चालक र सम्पादकलाई पत्रकार आचारसंहिता अभिमूखीकरण


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सञ्चारजगतको नियामक निकाय प्रेस काउन्सिल नेपालले आइतबार विभिन्न अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमूखीकरण कार्यक्रम गरेको छ ।

नयाँ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने सञ्चालक र उक्त अनलाइनमा कार्यरत सम्पादकहरूलाई पत्रकार आचारसंहिता अभिमूखीकरण कार्यक्रम काउन्सिलको सभा हलमा गरिएको हो ।

यो कार्यक्रम काउन्सिलले थालेको अभिमुखीकरणअन्तर्गतको ६१‍ औँ श्रृङ्खला हो । कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजलाई नेतृत्व गर्ने वर्गका रुपमा परिचित पत्रकारहरूले सचेत भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले जाति, धर्म, राजनीतिक दल, कुनै पनि समुदाय या सम्प्रदायलाई विभेद नगरी समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएकव बताएका छन् ।

आचारसंहिता पालना गराउनुका साथै पत्रकारहरूलाई त्यसप्रति जागरूक र सचेत गराउन अभिमूखिकरण अभियान चलाइएको जानकारी बस्नेतले दिएका छन् ।

उक्त अभिमुखिकरण कार्यक्रमको विषय विज्ञका रुपमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित र खबरहब डटकमका समाचार सम्पादक ज्ञानेन्द्र खड्काले प्रशिक्षण दिएका काउन्सिलका अधिकृत सुवास राईले बताए ।

उनका अनुसार उक्त अभिभूमिकरणमा देशभरका विभिन्न २८ वटा अनलाइनका सञ्चालक र सम्पादकहरू सहभागी थिए । काठमाडौं उपत्यकाभित्रबाट भौतिक र उपत्यकाबाहिरबाट भर्चुअल रुपमा पनि सम्पादक र सञ्चालकहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ४८ बजे

तत्काल राप्रपा छोडेर स्वतन्त्र रहने रविन्द्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा

गुल्मी-२ : रास्वपाका गोविन्द पन्थी विजयीः एमालेका गोकर्ण विष्ट पराजित

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २

सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा