‘महाराजधिराज’मा दुई वर्षा « Khabarhub

‘महाराजधिराज’मा दुई वर्षा


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह केन्द्रीय भूमिकामा रहने भनिएको फिल्म ‘महाराजधिराज’को अहिले कलाकार चयनको काम धमाधम भइरहेको छ ।

दशैँमा प्रदर्शन मिति तोकिएको यो फिल्मको जेठको पहिलो सातामा पनि कलाकार चयनमै छ ।

तर, एकपछि अर्को स्टारको प्रवेशले कलाकारको लाइनअप रोचक देखिएको छ । यो फिल्ममा पलसहित नायक आर्यन सिग्लदेल, नायिका वर्षा सिवाकोटी र कलाकार जयकिशन बस्नेत फाइनल भइसकेका छन् । नायक रमेश उप्रेतीले आठ वर्षपछि यो फिल्मबाट कमब्याक गर्दैछन् ।

निर्माण पक्षले सोमबार नायिकामा वर्षा राउतको प्रवेश भएको जानकारी दिएको छ । संयोग– यो फिल्ममा अनुबन्ध भएकी दुवै नायिकाको नाम वर्षा हो ।

निर्देशक परिच्छेद सेनको नै यो फिल्ममा लेखन रहेको बताइएको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रस्तुतकर्ता विराज बिष्ट हुन् । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माता हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : १० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६