‘महाराजधिराज’मा दुई वर्षा « Khabarhub

‘महाराजधिराज’मा दुई वर्षा


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह केन्द्रीय भूमिकामा रहने भनिएको फिल्म ‘महाराजधिराज’को अहिले कलाकार चयनको काम धमाधम भइरहेको छ ।

दशैँमा प्रदर्शन मिति तोकिएको यो फिल्मको जेठको पहिलो सातामा पनि कलाकार चयनमै छ ।

तर, एकपछि अर्को स्टारको प्रवेशले कलाकारको लाइनअप रोचक देखिएको छ । यो फिल्ममा पलसहित नायक आर्यन सिग्लदेल, नायिका वर्षा सिवाकोटी र कलाकार जयकिशन बस्नेत फाइनल भइसकेका छन् । नायक रमेश उप्रेतीले आठ वर्षपछि यो फिल्मबाट कमब्याक गर्दैछन् ।

निर्माण पक्षले सोमबार नायिकामा वर्षा राउतको प्रवेश भएको जानकारी दिएको छ । संयोग– यो फिल्ममा अनुबन्ध भएकी दुवै नायिकाको नाम वर्षा हो ।

निर्देशक परिच्छेद सेनको नै यो फिल्ममा लेखन रहेको बताइएको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रस्तुतकर्ता विराज बिष्ट हुन् । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माता हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्