पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन « Khabarhub

पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह र नायिका नीति शाह स्टारर फिल्म ‘मोहर’ साउन २३ बाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको एक गीतको छायाङ्कन बाँकी थियो । फिल्मको बाँकी छायाङ्कन चैत पहिलो साता नै पूरा भएको हो ।

बाँकी रहेको फिल्मको शीर्ष गीतको छायाङ्कन पनि पूरा भएको छ । ‘चाहिँदैन मोहर’ बोलको गीतको छायाङ्कन दुई लोकेसन चितवन र नवपरासी गरिएको हो ।

निर्माण पक्षका अनुसार पाँच दिन लगाएर यस गीतको भिडियो खिचिएको छ । गीतमा नीति र पललाई रोमान्टिक जोडीका रूपमा देख्न पाइने निर्माण पक्षले खुलाएको छ ।

यो गीत चाँडै नै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । गीतको भिडियो थारु संस्कृति झल्कने गरी खिचिएको बुझिएको छ ।

‘चाहिँदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाईं र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

फिल्ममा पल र नीतिसहित नायिका बेनिशा हमाल शीर्गा भूमिकामा रहेका छन् । उनीहरूसहित मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरीलगायतको अभिनय रहेको बताइएको छ ।

फिल्ममा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : १३ बजे

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।