पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन « Khabarhub

पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह र नायिका नीति शाह स्टारर फिल्म ‘मोहर’ साउन २३ बाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको एक गीतको छायाङ्कन बाँकी थियो । फिल्मको बाँकी छायाङ्कन चैत पहिलो साता नै पूरा भएको हो ।

बाँकी रहेको फिल्मको शीर्ष गीतको छायाङ्कन पनि पूरा भएको छ । ‘चाहिँदैन मोहर’ बोलको गीतको छायाङ्कन दुई लोकेसन चितवन र नवपरासी गरिएको हो ।

निर्माण पक्षका अनुसार पाँच दिन लगाएर यस गीतको भिडियो खिचिएको छ । गीतमा नीति र पललाई रोमान्टिक जोडीका रूपमा देख्न पाइने निर्माण पक्षले खुलाएको छ ।

यो गीत चाँडै नै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । गीतको भिडियो थारु संस्कृति झल्कने गरी खिचिएको बुझिएको छ ।

‘चाहिँदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाईं र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

फिल्ममा पल र नीतिसहित नायिका बेनिशा हमाल शीर्गा भूमिकामा रहेका छन् । उनीहरूसहित मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरीलगायतको अभिनय रहेको बताइएको छ ।

फिल्ममा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : १३ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा