दर्शकले बल्ल फेरि देख्न पाउने भए विजयलाई लिड रोलमा, ‘जनै हराएको बाहुन’ भदौ ६ मा आउने « Khabarhub

दर्शकले बल्ल फेरि देख्न पाउने भए विजयलाई लिड रोलमा, ‘जनै हराएको बाहुन’ भदौ ६ मा आउने


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको तिहारमा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आयो । यही फिल्मबाट सहायक कलाकारबाट विजय बराल नायक बने ।

यो फिल्मले ४६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेर कीर्तिमान कायम गर्‍यो । यही फिल्मबाट विजयलाई प्रस्ताव आउने भूमिका फेरिएको छ ।

यसभन्दा पहिला उनलाई सहायक भूमिकामा प्रस्ताव आउथ्यो भने अहिले लिड रोलका लागि आउने गरेको छ । तर, विजयले छानेर मात्रै फिल्म साइन गर्ने गरेका छन् । उनले दुई फिल्म साइन गरे ।

यी दुवै फिल्म ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’को छायाङ्न सकिएको छ । ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति आगामी लक्ष्मी पूजा तोकिएको छ । तर, विजय यसको सोलो नायक होइनन् । शीर्ष भूमिकामा दयाहाङ राई पनि छन् ।

तर, गत तिहार यता विजय सहायक भूमिकामा रहेका फिल्महरु ‘राजागंज’, ‘अञ्जिाला’, ‘लाज शरणम्’लगायत प्रदर्शनमा आए । यी फिल्म विजयले ‘पूर्णबहादुरको सारङ्गी’भन्दा नै पहिला गरेका हुन् ।

सोहीकारण नायकको परिचय बनिसक्दा पनि उनी सहायक भूमिकामा रहेका फिल्म प्रदर्शनमा आइरहे ।

विजयलाई पुनः लिड कलाकारका रुपमा हेर्न दर्शक उत्सुक छन् । तर, यो मिति कहिले ? भन्ने ठेगान लागेको थिए । अब भने प्रतिक्षा समाप्त भएको छ ।

विजय लिड रोलमा रहेको फिल्म ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्म एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति घोषणा गरेको हो ।

यो फिल्मले आमाको खुसीका लागि सम्पत्ति कमाउन गाउँबाट सहर पस्ने छोराको संघर्षको कथामा समेटेको छ ।

यो फिल्मको छायाङ्कन गत साता सम्पन्न भएको हो । अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा नायिका केकी अधिकारी, मिरुना मगर पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यस फिल्मको निर्देशक हिमाल न्यौपाने हुन् । उनको यो डेब्यू फिल्म हो । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित